थप ७ जना कार्यकर्ता बम सहित पक्राउ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १२

प्रहरीले कोटेश्वरबाट ७ जनालाई बम सहित पक्राउ गरेको छ। कोटेश्वर प्रहरी गस्तीका क्रम ६ जनालाई चार थान प्रेसर कुकर बम, मसाल र लाठीहरु सहित नियन्त्रणमा लिएको हो। उक्त सात जना पनि विप्लपकै कार्यकर्ता रहेको प्रहरीले जनाएको छ।

आइतबार बिभिन्न ठाउँमा बम विष्फोटन र बम बरामदपछि प्रहरीले उच्च सतर्कता अपनाएको छ। साँझदेखि नै उपत्यकाभित्र सुरक्षा चेकजाँच कडा पार्नुका साथै उपत्यका प्रवेशका नाकामा पनि सुरक्षा जाँच कडा बनाइएको छ भने देशभरी नै सुरक्षा सतर्कता उच्च राखिएको छ।

सरकारी स्रोतका अनुसार, सुरक्षाकर्मीको आदेश नमान्नेहरुमाथि सुरक्षाकर्मीले गोली प्रहार गर्न सक्नेसम्मको आदेश गृहले दिएको छ।

सुकेधारा बम विष्फोटन:

सुकेधारा बम विष्फोटन

सुकेधारामा भएको विस्फोटमा दुईजनाको मृत्यु

Posted by Himal Dainik on Sunday, May 26, 2019

घट्टेकुलामा बम विस्फोट

घट्टेकुलामा बम विस्फोट

काठमाडौंको सुकेधारा र घट्टेकुलोमा बम विष्फोटन, ३ को मृत्यु विष्फाेटन पश्चात एक जना घाइते भागेhttps://himaldainik.com/2019/05/26/63644/

Posted by Himal Dainik on Sunday, May 26, 2019

यस समन्धि अरु समाचारहरु:

उपत्यकामा छ्यापछ्याप्ति बम भेटियो

घट्टेकुलोको विष्फोटनमा मृत्यु हुने विप्लव कार्यकर्ता भएको आशंका

काठमाडौंको सुकेधारा र घट्टेकुलोमा बम विष्फोटन, ३ को मृत्यु

ग्याँस सिलिण्डर विष्फोटन हुँदा सुकेधारामा २ अनामनगरमा एकको मृत्यु