हिँजो मर्ने र घाइते हुनेहरु कुनै नागरिक होइनन्ः गृहमन्त्री थापा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १३

दश वर्ष लामो सशस्त्र हिंसात्मक राजनीतिबाट सत्तामा पुगेका वर्तमान गृहमन्त्री रामबहादुर थापाले आइतबार राजधानीका विभिन्न स्थानमा भएको बम विष्फोटनमा मृत्यु र घाइते हुने व्यक्तिहरु कुनै नागरिक नभएको बताएका छन्।

एकाएक सिंहदरबार नजिकै घट्टेकुलोमा एक जना र सुकेधारामा ३ जनाको वम विष्फोटनमा परि मृत्यु भएका चार जना व्यक्तिहरुका अतिरिक्त घाइते हुने अधिकांश व्यक्ति कुनै नागरिक नभएको भनेपछि प्रतिनिधि सभाको बैठकमा हंगामा भयो।

घटनाको विषयमा जानकारी दिने क्रममा सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री थापाले भने, ‘यो अहिले जुन मृत्यु भएको छ, त्यो कुनै नागरिकको मृत्यु भएको छैन, त्यो समूहसँग सम्बद्ध कार्यकर्ताको मृत्यु भएको छ। र घाइते भएका पनि अधिकांश उनीहरुकै कार्यकर्ता रहेका छन्।’

साथै उनले विप्लव समूहले संविधान र राज्य व्यवस्था विरुद्ध गैरकानूनी शान्तिविरोधी गतिविधिहरु गर्दै आएको जानकारी पनि दिए।

‘केहि समयदेखि यता नेकपा विप्लव भन्ने समूहले संविधानको विरुद्ध र राज्य व्यवस्थाको विरुद्ध उनीहरुले गैरकानुनी संविधान विरोधी र शान्तिविराधी गतिविधि गर्दै आएका छन्। उनीहरुले जनसरकारको रुपमा जनपरिषद भन्ने संस्था गठन गरेका छन्। जनसेनाको रुपमा उनीहरुले चार कम्पनी अहिले निर्माण गरेका छन्। र यी सबै गतिविधिहरुको नेतृत्व गर्नका निमित्त उनीहरुले नेकपा भन्ने नामको पार्टी पनि गठन गरेका छन्,’ थापाले भने।

केहि समय, केहि वर्षदेखि यता उनीहरुले सशस्त्र गतिविधिहरु गैरकानूनी गतिविधि सञ्चालन गर्दै आइरहेका उनले बताउँदै यी कुराहरु गत स्थानीय र प्रदेश, संघको निर्वाचनमा पनि उनीहरुको गतिविधि देखिसकेको बताए।

साथै उनले एक वर्षयता विप्लव समूहले देशव्यापीरुपमा भ्रष्टाचारको विरोधका नाममा एनसेलका टावरमा आक्रमण र विष्फोटन गराएको बताउँदै देशव्यापी रुपमा आगजनी र विष्फोटन गराउने क्रममा उनीहरुको मूल निशाना अहिले उपत्यका बनेको जानकारी दिए।

आज पनि ठाउँठाउँमा आगजनीहरु गरेको र कतिपय ठाउँमा फेक होक्स वमहरु राखिएको बताए।

उनीहरले शान्ति र स्थायीत्वलाई प्रभाव पार्ने गरी गतिविधि सञ्चालन गर्दै आइरहेका बताउँदै हिँजो भएका घटनाको विषयमा सदनलाई जानकारी दिए।

हिजो १२ गते बुढानिलकण्ठस्थित एकतले कच्चीघरको शैलुनमा विष्फोटन हुँदा एक जनाको घटनास्थलमा र दुइ जनाको उपचारका क्रममा मृत्यु भएको । हरि खड्का र सुरेन्द्र महर्जनसहितको वीर अस्पतालमा उपचार भइरहेको बताए।

मैतिदेवीस्थित संगम गल्लीमा लोकमनजरी कार्कीको घरमा बझाङका प्रज्वल शाही मृत्यु भएको रविन केसीको उपचार भइरहेको पनि उनले बताए।

युद्धकालिन शैलीमा थापाले विप्लव भनिने समूहले गरेको तथाकथित बन्दा जनताकै तहबाट खारेज गरेको बताउँदै शैक्षिक संस्था भने प्रभावित भएको पनि बताए।

अपराधिक गतिविधिमा संलग्नलाई अनुसन्धान गरी कानुनको दायरामा ल्याउने देखि सरकाले वार्ताको माध्यमबाट उनीहरुका गतिविधि नियन्त्रण गर्न राज्य प्रतिबद्ध भएको पनि जानकारी दिए।