कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म बृद्धि

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १५

कर्मचारीको तलब भत्ता सुरुको तलबमानमा राजपत्रअनंकीताका लागि २० र राजपत्रअंकीतका लागि १८ प्रतिशत तलब बृद्धि भएको छ।

सरकारको आगामी आर्थिक वर्षको बजेट भाषण संयुक्त सदनमा पेश गर्र्दै अर्थमन्त्री युवराज खतिवडाले कर्मचारीको कार्यक्षमता बृृद्धि र चुस्त प्रशासनको लागि सरकारले राजपत्र अनंकित कर्मचारीका लागि सुरुको तलबमानको २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशत तलब बढाउने निर्णय गरेको बताए।

उनीहरुले पाउँदै आएको पोषाक भत्ता यथावत राखेको छ। यसरी बढेको तलब आगामी आर्थिक वर्षको सुरुको श्रावण महिनाबाट लागू हुने छ।