अर्थमन्त्रीद्धारा १५ खर्ब ३२ अर्बको बजेट पेश

पाँच खर्ब पनि विकास बजेट नछुट्याइएको ४ खर्ब घाटा बजेटले होला त संमृद्धिको सपना पूरा?

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १५

आर्थिक संमृद्धि र सामाजिक न्यायसँगै आर्थिक बृद्धिदरमा ठूलो छलाङ मार्ने सपना बोकेर सरकारले अघि सारेको बजेटमा झण्डै पाँच खर्ब घाटा बजेट रहेको छ।

सरकारको आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै सरकारका अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको झण्डै साढे १५ खर्ब बजेटमा ६२ प्रतिशत भन्दा बढि चालु खर्च रहेको छ।

जम्मा २६ प्रतिशत विकास बजेट छुट्ट्याएको सरकारले प्रस्तुत गरेका महत्वाकांक्षी योजनाहरुको संचालनमा सरकारी बजेटले नै प्रश्न उठाएको छ।

सरकारको आगामी आर्थिक वर्षका बजेट पेश गर्दै मन्त्री खतिवडाले आगामी वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाको बजेट प्रस्ताव गरे।

अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ४ खर्ब भन्दा बढि घाटाको बजेट प्रस्तुत गरेका हुन्।

उनले चालु तर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत विनियोजन प्रस्ताव गरेका छन् भने पूँजीगत तर्फृ ४ खर्ब ८ अर्र्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख अर्र्थात ११. प्रतिशत प्रस्ताव गरेका छन्।

उक्त अनुमानित खर्च व्यहोर्न राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख तथा वैदेशिक अनुदानबाट ५७ अर्बं ९९ करोड ५५ लाख व्यहोर्ने योजना खतिवडाले सुनाए।

यसरी सरकारको व्ययभारमा ४ खर्ब ९३ अर्ब ८३ करोड ३३ लाख न्यून हुने उनले बताए। सो न्यून बजेट पूर्तिको लागि सरकारले बैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख जुटाउने योजना उनले सुनाए भने यसरी पनि अपुग हुने १ खर्ब ९५ अर्ब आन्तरिक ऋणबाट परिपूर्ति गर्ने बताए।

आ.व.०७६/०७७ को वार्षिक बजेट संघीय संसदमा प्रस्तुत (प्रत्यक्ष प्रशारण)

Posted by Himal Dainik on Wednesday, May 29, 2019