देउवाले नै हावादारीको संज्ञा दिएको बजेट कस्तो होला?

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १५

नेपाली काग्रेसले सरकारले ल्याएको बजेटलाई हावादारीको संज्ञा दिँदै कार्यान्वयनमा कुनै सम्भावना नरहेको दाबी गरेको छ।

बुधबार संघीय संसदको संयुक्त बैठकमा सरकारका अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको १५ खर्ब ३२ अर्बको बजेट भाषणपछि संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसंग प्रतिक्रिया दिँदै काग्रेस सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बजेटलाई हावामा गफ भएको टिप्पणी गरे।

उनले बजेटमा कुनै क्षमता नै नरहेको धारणा राखे।

त्यस्तै समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बजेट कार्यान्वयनमा आशंका व्यक्त गरे।

बजेट भाषण पश्चात भट्टराइले आफ्नो ट्वीटरमार्फर्त नयाँ बर्षको बजेट पुरानै निरन्तरतामा देखिएको बताएका छन्।

उनले केही पपुलिष्ट कुरा र केही कस्मेटिक सुधारका कुरा बाहेक यत्तिकैमा भित्री र बाहिरी लगानीमा कसरी गुणात्मक वृद्धि होला? भनि प्रश्न समेत गरेका छन्।

‘त्यो विना अपेक्षित वृद्धि र रोजगारी सिर्जना कसरी होला? भन्ने पश््रन गर्दै पुराना काम दोहोर्याइरहनु र फरक परिणाम खोज्नु पागलपन हो भन्थे आइन्सटाइन,’ भट्टराइले भनेका छन्।

त्यस्तै काग्रेसका नेता मीनेन्द्रप्रसाद रिजालले सरकारको बजेटमा पूँजिगतखर्च बढाउने कुनै आधार नरहेको टिप्पणी गरे।

राजपाका नेता लक्ष्मणलाल कर्णले अधिकार र बजेट फेरी पनि केन्द्रिकृत गर्न खोजिएको भन्दै सरकारको संघीयता र विकेन्द्रीकरणको सिद्धान्तप्रतिको प्रतिबद्धतामा प्रश्न उठाए।