मोदीको सपथग्रहणमा सहभागी हुन लागे प्रम ओली भारततर्फ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १६

प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार भारत प्रस्थान गरेका छन् ।भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन्।

त्यसअघि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको अति विशिष्ठ कक्षमा सभामुख कृष्ण वहादुर महरा, उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल लगाएतले उनलाई बिदाई गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो । प्रधानमन्त्रीका साथै १० सदस्यीय नेपाली टोली पनि भारत प्रस्थान गरेको छ ।

भारतमा भएको लोकसभा निर्वाचनमा भारतिय जनता पार्टी (भाजपा) र उसको लोकतान्त्रिक गठबन्धनले भारी बहुमत ल्याएपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् । दोस्रो शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीले बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखलाई आमन्त्रण गरेका छन् । भारतमा रहदा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।