प्रम ओली र भारतीय प्रम मोदीबीच भेटवार्ता

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ १७

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा शुक्रबार अपराह्न भएको भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउन प्रतिबद्धता व्यक्त गरेको समाचार स्रोतले बताएका छन्।

भेटमा आपसी हित र चासोका विविध विषयमा विचार–विमर्श गर्नुभएको बताइएको छ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको कार्यकालको सफलताको कामना गर्दै विशेष उपहारस्वरुप रुद्राक्षको माला प्रदान गरेका थिए।

भेटवार्ता पश्चात भारतीय प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटरमार्फत दुई देशको सम्बन्ध सुमधुर बनाउन तथा र्दुपक्षिय हितका विषयमा भेटवार्ता फलदायी भएको बताएका छन्।

हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्याधिक बहुमत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न सफल मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार नयाँदिल्ली पुगेका थिए।