विश्वकप क्रिकेटलाई लक्षित गर्दै सिजीले ल्यायो नयाँ उपहार योजना

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ २०

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले यसपालिको विश्वकप क्रिकेट (आईसिसि) वल्र्डकपलाई लक्षित गर्दै “बहानाको शुभआरम्भ” नामक नयाँ उपहार योजना बजारमा ल्याएको छ।

यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सिजी ब्राण्डका विभिन्न टेलिभिजनहरु खरिद गर्दा ३ वर्षसम्मको वारेन्टीका साथै २८% सम्मको आकर्षक बचत (क्यासब्याक) प्राप्त गर्ने सिजी कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेछ छ।

त्यसैगरी फेसवुकमा संचालित ‘पे्रडिक्ट एण्ड विन’मा सहभागि भई प्रत्येक दिन लक्की ड्र मार्फत आर्कषक गिफ्ट ह्याम्पर जित्न सक्ने पनि बताइएको छ।

यो आकर्षक योजना कम्पनीले जेठ २० गतेबाट देशभरमा सिमित अवधिका लागि मात्र लागु गरेको हो।