मिङ्मा शेपाले सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेर रचे नया किर्तिमान

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ २१

विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो ल्होत्से हिमालको सबै भन्दा छाटो समय ६ घण्टा १ मिनेटमा आरोहण गरेर मिङ्मा दोर्ची शेपाले नयाँ किर्तिमान कायम राख्न सफल भएका छन् ।

पायोनिर एड्भेन्चरले मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । मिङ्मा दोर्ची शेपाले सगरमाथा र चौथो ल्होत्से हिमालको ६ घण्टा १ मिनेटमा र मकालु सहित तीनवटै हिमालको आरोहण ५४ घण्टा २५ मिनेटमा आरोहण गरी नयाँ किर्तिमान राख्न सफल भएको पायोनिर एडभन्चरले जानकारी दिएको छ ।

यसअघि निर्मल पुर्जाले दुवै हिमालको १० घण्टा १५ मिनेटमा आरोहण गरेर किर्तमान कायम गरेका थिए। शेर्पाले सगरमाथाको जेठ १३ गते १२ बजेर ४४ मिनेटमा आरोह गरेका थिए भने ल्होत्से हिमालको पनि जेठ १३ गते नै बिहान ६ बजेर ४५ मिनेटमा आरोहण गर्न सफल भएका थिए। पत्रकार सम्मेलनमा आरोही शेर्पाले आफ्नो हिमाल आरोहण मार्फत नेपाललाई विश्वसामु चिनाउने संकल्प गरे ।

त्यसैगरी शेर्पाले जेठ १५ गते विश्वको पाँचौ अग्लो हिमाल मकालुको पनि बिहान ७ बजेर ९ मिनेटमा आरोहण गर्न सफल भएका थिए । शेर्पाले सगरमाथाको पाँच, ल्होत्स्ेको तीन, मकालुको तीन, मनास्लुको ३, के टुको २, धौवलागिरीको दुई र आमादब्लामको २ पटक गर ि२० पटक हिमालको सफल आरोहण गरिसकेको पायोनिर एड्भन्चरले बताएको छ ।