नेपालकै एक मात्र ‘आर्क विज्र’ निर्माण कार्य तिब्र गतिमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ २१

चितवन र तनहुँको सीमामा पर्ने त्रिशुली नदीमा निर्माण भएको आर्कविज सञ्चालनका लागि दुवै तर्फको सडकको सतह कटिङलाई तीव्रता दिइएको छ ।

सतह कटिङ भइरहेका कारण पृथ्वीराजमार्ग अन्तरगतको मुग्लीन सडक प्रभावित भएको छ । सडकको सतह कटिङ्ग गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रेको कामपनि संगसंगै अघि बढाइएको छ । अहिले उक्त सडकखण्ड राती नौ देखि दुइ वजेसम्म र विहान ११ देखि दिउँसो तीन वजेसम्म बन्द गरिदै आएको छ ।

निर्माण सम्पन्न भएपनि पुललाई सडकसँग जोड्ने काम बांकी छ, । एलाइट एड्भेन्चर लोहनी जेभिले बनाएको सो पुल १२ करोडको लागतमा निर्माण भएको हो । नयाँ प्राविधिबाट निर्माण भएको यो नेपालकै एक मात्र ‘आर्क विज्र’ हो । यसको आयु ७० वर्षको हुने बताइएको छ । फुटपाथ सहित ११ मिटर चौडा रहेको डवल लेनको सो पुल एक सय ६० मिटर लामो छ ।