बौद्धमा प्रहरीले गोली चलायो, एक ब्यक्ति नियन्त्रणमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ २४

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बौद्धको अत्तरखेलबाट गोली प्रहार गरी छिरिङ तामाङलाई नियन्त्रणमा लिएको छ ।

तेह्रथुम म्याङ्लुङ घर भएका छिरिङको दाहिने खुट्टामा दुई राउण्ड गोली लागेको छ । महाशाखाका अनुसार तामाङ आधा दर्जनभन्दा बढी लुटपाटको घटनामा स‌लंग्न अभियुक्त हुन् ।

प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खोज्दा प्रतिकार गरेर भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गोलि लागी घाइते उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले गोली हानेर पक्राउ गरेसँगै कोटेश्वरमा प्रहरी चौकी अगाडि हुन लागेको डकैतीको योजना टरेको प्रहरीले दाबी गरिएको छ ।

बौद्धमा प्रहरीले गोली चलायो, एक ब्यक्ति नियन्त्रणमा

बौद्धमा प्रहरीले गोली चलायो, एक ब्यक्ति नियन्त्रणमामहानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बौद्धको अत्तरखेलबाट गोली प्रहार गरी छिरिङ तामाङलाई नियन्त्रणमा https://himaldainik.com/2019/06/07/64131/

Posted by Himal Dainik on Friday, June 7, 2019