पत्रकारहरुलाई अपशब्द प्रयोग गरेको आरोप पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई छाेड्न आदेश

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ २४

सुर्खेतका पत्रकारहरुलाई अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ गरेका भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् ।

बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै शाहीलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश शाही रिहा भएका हुन् । रिहा भएलगतै उनका समर्थकले अभिनन्दन गरेका थिए । शाहीले आफु जनताको पक्षमा भएकाले अदालतले न्यायोचित न्याय गरेको बताए । उनले भ्रष्टाचारविरुद्ध आफ्नो लडाई जारी रहने बताए।

भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेका शाहीले गालीगलोज गर्दै पत्रकारहरुलाई ’ लागी गर्नुभएको थियो । त्यसपछि सुर्खेतका पत्रकारहरुको उजुरीका आधारमा शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरिएको थियो। शाहीलाई पक्राउ गरेर काठमाडौं ल्याइएपछि उनको तर्फबाट अधिवक्ता महेश डंगोलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका थिए । प्रहरीले शाहीलाई सुर्खेतबाट पक्राउ गरी बसमा राखेर यातना दिँदै ल्याएको आरोप लागेको थियो।

भ्रष्टाचारविरुद्धकाे अभियानमा लागेका ज्ञानेन्द्र शाही रिहा

सुर्खेतका पत्रकारहरुलाई अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र शाही अदालतकाे आदेशमा थुना मुक्त भएपछि समर्थकले गरे यसरी स्वागत!

Posted by Himal Dainik on Friday, June 7, 2019