मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारको हाते साङ्लो प्रदर्शन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

सरकारद्वारा प्रस्तावित मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले शनिबार काठमाडौंमा बृहत प्रदर्शन गरेको छ।

नेपाल पत्रकार महासंघको नेतृत्व र विभिन्न सञ्चार माध्यम तथा पेशागत समूहका प्रतिनिधीहरुको सहभागितामा सरकारद्वारा प्रस्तावित मिडिया काउन्सिल विधेयक विरुद्ध महासंघले बानेश्वरदेखि बबरमहलसम्म मानव हाते साङ्लो बनाई बृहत प्रदर्शन गरेको हो।

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विरोधमा पूर्वघोषित दोश्रो चरणको आन्दोलनको अन्तिम दिन प्रदर्शन गरिएको महासंघले जनाएको छ।

विरोध प्रदर्शनमार्फत पत्रकारहरुले तत्काल प्रस्तावित विधेयक फिर्ता नभएमा सरकार विरुद्ध कठोर दवावमूलक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

यसअघि महासंघले बिधयेकको बिषयमा सरकोकारवालाहरुसंग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो। दोश्रो चरणको आन्दोलनको समापनसंगै महासंघले अव तेश्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी पनि गरेको छ।