सार्वजनिक सवारी साधनको भाडा बृद्धि, महंगीको चापमा सर्वसाधारण

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

नयाँ बजेट कार्यान्वयनमा आउनु अगावै सर्वसाधारणले महंगीको मार खेप्दै जानु पर्ने भएको छ।

यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बृद्धि गरेपछि आम जनताको जनजीवनमा महंगीको चौतर्फी चाप थपिने भएको हो।

साउन १ गतेदेखि मात्रै नयाँ आर्थिक वर्ष सुरु हुने भएपनि सरकारले त्यसको एक महिना अगावै सार्वजनिक यातायातको भाडा १२ प्रतिशतसम्म बृद्धि गरेपछि यसको असर दैनिक उपभोग्य सामाग्री र अन्य क्षेत्रमा समेत पर्ने भएको छ।

अहिलेसम्म सार्वजनिक सवारी साधनका यात्रुले छोटो दुरीमा यात्रा गर्दा कम्तिमा १५ रुपैयाँ भाडा तिरे हुनेमा अब १२ प्रतिशत बृद्धिले १७ रुपैयाँ तिर्नु पर्ने छ।

लामो दुरीको भाडाको सवालमा काठमाडौंबाट पोखराको भाडामा झण्डै ६० रुपैयाँ बढ्ने भएको छ।