होली वाइनको नशामा सनातन धर्ममाथि धावा बोल्ने हो भने जनमत संग्रहमा जाउँः कँडेल

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओली होली वाइनको नशामा रहेर सनातन धर्ममा आस्थाराख्नेप्रति गैरलोकतान्त्रिक अभिव्यक्ति दिएको आरोप लगाएका छन्।

बुधबारको प्रतिनिधि सभामा सून्य समयमा बोल्दै सांसद कँडेलले गुठी, गुठीयार र गुठी परम्परालाई समाप्त गर्न खोज्ने सरकारको अधिनायकवादी कदमको विरोधमा उत्रिएको उपत्यकावासी र यसका पक्षधरको पक्षमा आफ्नो पार्टी रहेको बताए।

विधेयकको नाममा लोकतन्त्रको जरामा कैँची चलाउन खोजेपछि मन्त्रीले विधेयक फिर्ता लिएको प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको बताउँदै उनले सनातन धर्ममा आस्था राख्नेप्रति गैरलोकतान्त्रिक भन्ने अभिव्यक्तिप्रति घोर निन्दनिय भएको बताए।

‘सम्माननीय प्रधानमन्त्री होली वाइनको नशामा हुनुहुन्छ। यदि यहि हो भने, अब धार्मिक स्वतन्त्रतामात्र होइन, धर्म सापेक्ष सनातन हिन्दु राष्ट्रका लागि जनमत संग्रहमा जानका लागि सरकार चुनौति दिन चाहन्छु,’ उनले भने।