प्रेस स्वतन्त्रता विरोधी विधेयकविरुद्ध महासंघद्धारा कार्टुन प्रदर्शन र कविता बाचन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार ११

सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै आन्दोलनरत नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताको पक्षमा काठमाडौंमा सांकेतिक विरोध गरेको छ।

महासंघले मंगलबार काठमाडौंको बसन्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक खारेज गर्न माग गर्दै बृहत कार्टुन प्रदर्शनी तथा कविता बाचन कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा प्रेस स्वतन्त्रताको पक्षमा कोरिएका कार्टुनहरु प्रदर्शनीमा राखिएको थियो। कविहरुले बिधेयकको विरुद्धमा कविता बाचन गरेका थिए।

कार्यक्रममा महासंघले प्रेस स्वतन्त्रताको पक्षमा सञ्चालित अभियानमा सक्रिय सहभागिता जनाउन आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघ–संगठन, विभिन्न पेशाकर्मीहरु, राजनीतिक दल, नागरिक समाजलगाएत प्रति आह्वान गरेको छ।

मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै महासंघले बैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा आन्दोलन गरेको थियो। तर, महासंघले उठाएका मागप्रति सरकारले कुनै संवोधन नगरेको भन्दै महासंघले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।

प्रेस स्वतन्त्रता विरोधी विधेयकविरुद्ध महासंघद्धारा कार्टुन प्रदर्शन र कविता बाचन

प्रेस स्वतन्त्रता विरोधी विधेयकविरुद्ध महासंघद्धारा कार्टुन प्रदर्शन र कविता बाचन

Posted by Himal Dainik on Wednesday, June 26, 2019