नौमहिने शिशुको बलात्कार आरोपमा बालक पक्राउ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
फाइल फाेटाे
सिरहा

नौमहिने शिशुलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा अबोध शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई पक्राउ गरेको जनाएको हो ।

बालिकालाई घरमा एक्लै छाडेर आमा खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पु¥याउन गएको बेला बालकले अबोध बालिकामाथि यस्तो घटना घटाएको भन्दै बालिकाकी आमाले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

स्थानीयवासीले समेत सूचना दिएका आधारमा बालकलाई प्रहरीले पक्राउ गरेको छ । शिशुको यौनीबाट रक्तस्राव भएपछि स्वास्थ्य परीक्षणका लागि बाहिर पठाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताउनुभयो । रासस