ट्याक्सीको ठक्करबाट युवकको मृत्यु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
फाइल फाेटाे
काठमाडौं,

बबरमहलमा ट्याक्सीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–८ का १९ वर्षीय दीपक थापा रहेका छन् ।

काठमाडौँ महानगरपालिका–११ स्थित बबरमहल सडकमा बा२ज ११८८ नं को ट्याक्सीले बा८३प ४०३५ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार थापाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले जानकारी दिनुभयो ।

स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० का रोहितसिंह ठकुरीको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार भइरहेकोछ । दुर्घटनापछि फरार ट्याक्सी चालकको खोजी भइरहेको छ । रासस