ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथि छलफल

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौं

संंघीय संसदको महिला तथा सामाजिक समितिमा ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथि छलफल भएको छ ।

आइतबार समितिमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन–२०६३ को संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको हो । बैठकमा सदस्यहरुले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो पारिश्रमिकको केही प्रतिशत ज्येष्ठ नागरिकका लागि छुट्याउनु पर्ने व्यवस्था गर्न समितिको ध्यानाकर्षण गरेका थिए ।

सांसदहरु दिव्यमणि राजभण्डारी, उमा रेग्मी, पुष्पा भुसाल, पार्वती कुमारी विशुन्के, विन्दा पाण्डेलगायतले समितिमा पेश गरेको संशोधनमा ज्येष्ठ नागरिकहरुको सामाजिक र स्वास्थ्य विमा, उपयुक्त काम गर्न पाउनुपर्ने व्यवस्थालगायत रहेको समिति सभापति निरुदेवी पालले बताईन ।

यसैगरि ज्येष्ठ नागरिक भन्नाले ७० वर्ष पुगेको सम्झनु पर्ने र अति वरिष्ठ ज्येष्ठ नागरिक भन्नाले ८० वर्ष र सो भन्दा बढी सम्झनुपर्ने संशोधनमा उल्लेख छ ।