भोजपुरमा प्रहरी र विप्लव समूहबिच भिडन्त, प्रहरीसहित २ को मृत्यु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

भोजपुर । भोजपुरमा बुधबार बिहान भएको विप्लव समूहका कार्यकर्ता र प्रहरीबीचको गोली भीडन्तमा प्रहरीसहित २ जनाको मृत्यु भएको छ।

सदरमुकामस्थित शनिबारे हाट लाग्ने ठाउँमा भएको भिडन्तमा परी प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता निरकुमार राईको मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।

आज बिहान साढे ८ बजे भएको भीडन्तपछि प्ररहीले ब्यापक सर्च अभियान थालेको छ।