काकामाथि चिर्पट प्रहार गरी हत्या

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
जाजरकोट

भेरी नगरपालिका–१३ कुदुमा भतिजाले प्रहार गरेको चिर्पट लागी काकाको मृत्यु भएको छ ।

आज बिहान स्थानीय गीता सुनारको घरमा ३५ वर्षीय मानबहादुर सुनारले ४५ वर्षीय मोहन विकलाई चिर्पट प्रहार गरी हत्या गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

गीताको घरमा उनको आफन्तले ल्याएको कोसेली खान जम्मा भएको समयमा मदिरा सेवन गरी विवाद हुँदा भतिजा मानबहादुरले काकामाथि चिर्पट प्रहार गरेको प्रहरीको भनाइ छ ।

मृतकको श्रीमती लक्ष्मी सुनारले जाहेरी दिएपछि प्रहरीले मानबहादुरलाई नियन्त्रणमा लिएको छ । घटनाका आरोपित मानबहादुरको पनि टाउकोमा चोट लागेको प्रजिअ बस्नेतले बताए ।

त्यसतै मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा गए राति एक ब्यक्तिले आफ्नै ठूलोबुबा र ससुरालाई चिर्पटले शरीरको विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका थियो ।