बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
फाइल फाेटाे
ओखलढुङ्गा

बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा कोही नभएका बेला मगरले बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी उजुरीका आधारमा उहाँलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । मगरले बालिकालाई प्रलोभनमा पारेर गत असार ३० गते शौचालयमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ ।

पक्राउ परेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालिएकोे जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । रासस