चन्द्रयान-२ मा सवारगरी भारतको नयाँ कदम चन्द्रमा तर्फ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक

भारतले आज अन्तरिक्षको क्षेत्रमा नयाँ इतिहास रच्न सफल भएको छ। भारतीय अंतरिक्ष अनुसन्धान संगठन(ISRO) ले सोमवार २:४३ बजे चन्द्रयान-२ नामक रकेट सफलता पुर्वक लन्च गरेको छ। ३,८५० केजीको चन्द्रयान-२ लाई बहुबाली लन्चेर GSLV – MK3 बाट लन्च गरिएको थियो।

यो संगै भारतले दोस्रो रकेट चन्द्रमामा पठाएको छ। सन् २००९ अगष्ट २९मा भारतले पहिलो रकेट चन्द्रयान-१ चन्द्रमामा पठाएको थियो। तर त्यो चन्द्रमासम्म पुग्न सकेको थिएन।

एक हप्ता अगाडी पठाउने भनिएको चन्द्रयान-२ लन्च हनु ठिक ५६ मिनेट २४ सेकेन्टमा प्राविधिक समस्या देखिएपछि लन्चलाई रोकिएको थियो। यो रकेट ४८ दिनको यात्रा गरि पृथ्वीमा फर्किने छ।

चन्द्रयान-२ यदि सफलतापुर्वक चन्द्रमामा गई फर्किएमा भारत अन्तरिक्ष जगतमा नया इतिहास रचनेछ। यस अघि चन्द्रमामा अमेरिका, रसिया, चीनले रकेट पठाएको थियो। ( एजेन्सीको सहयोगमा )