एलजीको विभिन्न मोडेल र क्षमताको वासर ड्रायर नेपाली बजारमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

एलजी कम्पनीले बजारमा ल्याएका वासिङ्ग मेसिन नेपाली बजारमा सर्वाधिक लोकप्रिय ब्राण्डको रुपमा स्थापित हुन सफल भएको दाबी एलजी कम्पनीले गरेको छ।

नेपालको प्रतिष्ठित व्यापारिक ग्रुप चौधरी ग्रुप अन्तर्गत एलजीका विभिन्न मोडलका वासिङ्ग मेसिन बजारमा उपलब्ध गररहेको छ । जसमध्ये केही मोडलहरुमा ८ देखि १८ केजी सम्मको लुगााधुने क्षमताका साथै ५ देखि १० केजी सम्मको लुगाा केहि समयमै सुकाउने सुविधा रहेको कम्पनीले जनाएको छ।

जस कारण वर्षा याममा भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, एलर्जी हुने, खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिने कम्पनीले जनाएको छ। साथै एलजीको वासिङ्ग मेसिनमा १० वर्षको वारेण्टी समेतरहेको छ। एलजी ब्राण्डका आधिकारीक विक्रेता सि.जी. इम्पेक्स रहेको छ।