थाइल्याण्डको सैन्य शिवीरमा आक्रमण चारको मृत्यु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
थाइल्याण्ड

थाइल्याण्डको दक्षिण भागमा पर्ने पत्तानी प्रान्तमा संदिग्ध मुसलमान आतङ्ककारी समूहले सैन्य शिवीरमा गरेको एक आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ । सरकार अधिकारीहरुले बुधबार उक्त जानकारी दिएका छन् ।

मङ्गलबार अबेर राती पत्तानी प्रान्तको दुर्गम इलाकामा रहेको स्थानमा विद्रोही समूहले ग्रेनाड र स्वचालित बन्दुकको प्रयोेग गरी आक्रमण गरेका सेनाका प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

मलय मुसुलमान समूदायको बाहुल्यता रहेको सुदुर दक्षिणमा पर्ने यस इलाकामा १५ वर्षयता जारी द्वन्द्वमा परी ७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । यस शिवीर आक्रमणमा सेनाको एक मेजर, दुई सुरक्षा स्वयंसेवी र एक गाउँलेकोे मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ ।

यस आक्रमणमा परी घाइते भएका दुई व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको र ती दुबैको अवस्था चिन्ताजनक रहेको बताइएको छ । रासस /एएफपी