दक्षिण सिरियामा इजरायलको आक्रमण

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
सिरिया

सिरियाको दक्षिण भागमा पर्ने दराआ प्रान्तमा बुधबार इजरायलले आक्रमण गरेको राज्यद्धारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ । तर यस आक्रमणमा परी मानवीय क्षति भने नभएको बताइएको छ ।

सिरियाली सैन्य चौकीहरु रहेका अलहराह पहाडी इलाकामा उक्त हवाई आक्रमण भएको यहाँका सञ्चार माध्यमले जानकारी दिएका छन् ।
उक्त पहाडी इलाकामा सिरियाली सैनिकका पोष्टहरु रहेका बताइएको छ । त्यसैले सो पहाडमा इजरायलले आक्रमण बढाइरहेको बताइएको छ ।

गएका वर्षहरुमा सिरियामा इरानी नागरिकलाई लक्ष्य गर्दै इजरायलले सयौँ हवाई आक्रमण गरेको छ । ती हवाई आक्रमणहरु इजरायलको सीमा क्षेत्रमा दक्षिण प्रवेशद्धार र गोलान हाइटमा लक्ष्य गरिएको छ ।

इजरायल र सिरियाबीच तनाब जारी रहेको र द्वन्द्व्रग्रस्त राष्ट्र सिरियामा इजरायलले बारम्बार क्षेप्यास्त्र आक्रमण गर्दै आएको छ ।
इराजयलले लुकिछिपी आक्रमण गर्दै आएको र सिरियाली सरकारले इजरायलले सिरियाको विद्रोही समूहलाई इजरायलले समर्थन गर्दै आएको आरोप लगाउने गरेको छ ।रासस/सिन्हवा