नेपालले कुवेतलाई हरायो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
फाइल फाेटाे
काठमाडौं,

आइसिसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत फाइनल खेलमा नेपालले कुवेतलाई पराजित गर्दै विजयी हासिल गरेको छ ।

सिङ्गापुरको इण्डियन एसशेसियशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावनासमेत बलियो बनाएको छ । त्यस्तै नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले तीन खेलबाट चार अङ्क जोडेको छ भने कुवेत चार खेलबाट तीन अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १५ दशमलव पाँच ओभरमा मात्र तीन विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाए । उनले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । ३२ बल खेलेका उनले ११ चौका र एक छक्का प्रहार गरे । त्यस्तै शरद भेषवाकरले अविजित ३८ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाए । त्यस्तै रोहितकुमार पौडेलले अविजित छ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले एक रन जोडे ।

कुवेतका मुहमद कासिफले तीन विकेट लिए । नेपालले आइतबार आयोजक सिङ्गापुरसँग अन्तिम खेल खेल्नेछ । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर १४१ रन बनाएको थियो । कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित रहदै ४९ रन जोडे भने आदनन इद्रेसले २५, मोहमद आस्लमले २३, राभिजा डी सिल्भाले १५ र बिलाल ताहिरले १३ रन जोडे ।

नेपालका सन्दिप लामिछाने र वसन्त रेग्मीले समान तीन विकेट लिए भने करण केसीले दुई तथा अविनाश बोहराले एक विकेट झारे । तालिकाको शीर्ष स्थानमा रहेको सिङ्गापुरको पाँच अङ्क रहेको छ । अब नेपाल र सिङ्गापुरमध्येका विजेताले ग्लोबल छनोटमा स्थान बनाउने छन् । प्रतियोगितामा कुवेत, मलेसिया र कतार भने बाहिरिएका छन् । रासस