काठपात हटाउन नसक्दा २५ मेगावाटको सौर्य प्लान्ट अन्यौलमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौं,

नुवाकोटमा निर्माण भैरहेको २५ मेगावाटको सौर्य प्लान्ट अन्यौलमा परेको छ ।

सोलार प्यानल राख्ने ठाउँमा रहेको काठपात हटाउन नसक्दा सोलार प्यानल राख्ने काम नै अन्यौलमा परेको हो । देविघाट जलविद्युत् आयोजना निर्माणको क्रममा विदुर नगरपालिका वडा नम्बर ५ सिञ्चाईमा रोपिएका रुख सोलार प्यानल राख्न काटिएको थियो ।

कटान गरिएका रुखहरू सिसौ, खयर, सल्लो आँप, पिपललगायत ९ भन्दा बढी प्रजातिका छन् । लिलामी गरेका काठको रकम विद्युत प्राधिकरणको खातामा जम्मा गरिएको छ ।

कुनै पनि सरकारी जग्गाको रुख कटान गरी लिलाम बिक्री गर्दा नेपाल सरकारको राजस्व खातामा रकम जम्मा गर्नुपर्ने प्रावधान छ । त्यही प्रावधानले गर्दा लिलामी काठ त्यसै थन्केपछि प्यालन जडानको कार्यमा अन्योलता आएको नेपाल विद्युत् प्राधिकरण ग्रिड सोलार आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए ।