नेपाल–भारत बीचका व्यापार सम्बन्ध सन्तुलित हुनुपर्ने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौं.

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग नेपालको उच्च व्यापार घाटा रहेको भन्दै व्यापार सन्तुलित हुनुपर्नेमा जोड दिएका छन्।

काठमाडौँमा आइतबार इन्डिया–नेपाल लजिस्टिक समिटको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल–भारत बीचका व्यापारसम्बन्धी सन्धिसम्झौतालाई समयानुकुल परिमार्जन गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिए ।

प्रधानमन्त्री ओलीले नेपाल र भारतवीचको जलमार्गले दुई देशीय व्यापार अझ विस्तार हुने विश्वास व्यक्त गरे । त्यस्तै उनले नेपाल–भारतबीचको दुई पक्षीय सम्बन्ध सडक सञ्जाल नै रहेको भन्दै रेलमार्ग र जलमार्गबाट पनि दुई देशलाई जोड्ने काम गरिरहेको धारणा पनि राखे । उहाले काठमाडौं—वीरगञ्ज रेलमार्ग डिपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी पनि गराए । उनले नेपाल विकासशीलबाट विकसित मुलुकतर्फ फड्को मार्ने क्रममा रहेकोले भारतसँगको व्यापारको भूमिका महत्वूर्ण हुने बताए ।

त्यस्तै नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीले नेपाल–भारत वाणिज्य सम्बन्ध राम्रो भइरहेको बताए । नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपालको नारालाई साकार पार्नका लागी भारत सवै क्षेत्रबाट नेपालसंग सहकार्य गर्न तयार रहेको उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पारवहनसम्बन्धी समस्या समाधानका लागि सम्मेलन आयोजना गरिएको जानकारी दिईन ।