एएसबिसी स्कुल ब्वाईज बक्सिङ च्याम्पियनसिपमा नेपालबाट छिरिङ

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौं.

कुवेतमा आयोजना हुने एएसबिसी स्कुल ब्वाईज बक्सिङ च्याम्पियनसिपमा नेपालका छिरिङ वाङ्ग्दि शेर्पाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अगष्ट १ देखि ९ सम्म संचालन हुने च्याम्पियनसिपमा छिरिङले ४९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपका लागि छिरिङ बिगत एक महिनाबाट तयारी गरिरहेका छन् ।

कुवेत जाने नेपाली बक्सिङ टिमलाई सोमबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, बक्सिङ संघका अध्यक्ष राम अवालेले लगायतले विदाई गरेका थिए ।

च्याम्पियनसिपका लागि छिरिङसँगै प्रशिक्षक राम चन्द्र थापा मगर र टिम म्यानेजरका रुपमा नेपाल बक्सिङ संघका सदस्य समेत रहेका स्कुल बक्सिङ समितिका संयोजक पुस्कर राज वन्त कुवेत जानेछन् ।

विदाइ कार्यक्रममा परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले जुनियर प्रतियोगीता गर्न बक्सिङ संघलाइ सुझाव दिए । उनले जीतको लक्ष्यका साथ प्रतियोगीतामा सहभागीता जनाउन आग्रह पनि गरे।