बजेट कार्यान्वयनका लागि प्रधानमन्त्री तहबाटै कार्यसम्पादन सम्झौताः अर्थमन्त्री खतिवडा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

अर्थमन्त्री युवराज खतिवडाले सरकारले लिएका नीति तथा कार्यक्रम र त्यी कार्यक्रम कार्यान्वयन गर्न विनियोजित बजेटलाई नतिजामुखी बनाउन प्रधानमन्त्रीले कार्यसम्पादन सम्झौता गरेको बताएका छन्।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनले कार्यसम्पादन सम्झौताले सरकारको समग्र कामलाई नयाँ गति दिने दाबी समेत गरे ।

आर्थिक वर्षको अन्त्यमा रकमान्तर र बढी खर्च गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न मन्त्रालयले प्रयास गरिरहेको भन्दै अर्थमन्त्री खतिवडाले रकमान्तर गर्दा विनियोजन ऐनको सीमाअनुुसार भएको स्पष्ट पारे।

अर्थमन्त्री खतिवडाले अघिल्लो आर्थिक वर्षमा विविध कारणले सम्पन्न हुन नसकेका आयोजनालाई चालूु आवमा सम्पन्न गर्न बजेटले ध्यान दिएको उल्लेख गर्दै चालूु आवको बजेट कार्यान्वयन गर्न अख्तियारी गइसकेको जानकारी दिए।

वित्तीय सङ्घीयता कार्यान्वयन गर्न, विनियोजित बजेटलाई नतिजामुुखी बनाउन, वित्तीय उत्तरदायित्वलाई अझ प्रभावकारी कार्यान्वयन गर्न नयाँ आर्थिक कार्यविधिसम्बन्धी विधेयक ल्याइएको उनले बताए।

बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको संशोधनकर्ता सांसद शान्ति पाख्रिनले आवको अन्त्यमा बढी रकम खर्च गर्ने असारे प्रवृत्तिलाई रोक्न आवश्यक रहेको उल्लेख गर्दै वित्तीय उत्तरदायित्व बहन गर्न सक्ने बनाउनुपर्ने बताईन। उक्त बिधेयकमाथि समितिमा साउन १९ गतेदेखि दफावार छलफल हुुने भएको छ ।