चौबिस घण्टा न बित्दै अमेरिकामा फेरि गोली चल्यो, नौ जनाको मृत्यु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
वासिङ्टन,

अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ । गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो ।(रासस-एएफपी)

 

अमेरिकाको टेक्सासमा नरसंहार, गोलीकान्डमा २० मारिए