ग्लोबल टी-२० का दुवै खेल रद्ध, यस्तो बन्यो प्लेअफको समीकरण

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

काठमाडौँ । क्यानाडामा जारी ग्लोबल टी-२० को दोस्रो राउण्डका दुवै खेल रद्ध भएका छन् । बर्षाका कारण दुवै खेल रद्ध भएपछि चारै टिमले एक एक अंक बाडेका छन् ।

गएराती हुनुपर्ने ब्रम्पटन वोल्भ्स र एडमन्टन रोयल्सबीचको तथा भान्कुवर र विन्निपेग हव्क्सबीचको खेल रद्ध भएका हुन् ।

दोस्रो राउण्ड अन्तर्गतको अन्तिम खेल अब आज राति सन्दीप लामिछानेको टीम टोरोन्टो नेशनल्स र मोन्टरियल टाइगर्सबीच खेल हुने छ ।

अहिलेसम्मको खेलपछि ब्रम्पटन वोल्व्स ए भान्कुवर नाइट्स प्लेअफका लागि छनौट भएका छन् । ब्रम्पटन ६ खेलमा ४ जित, एक खेल रद्ध तथा एक हारसहित ९ अंक बटुलेर अंक तालिकामा प्रथम भएको छ भने भान्कुवर नाइट्स ६ खेलमा ३ जित एक हार तथा दुई खेल रद्ध हुदा ८ अंकसहित दोस्रो हुदै प्लेअफमा पुगेको छ ।

तर अब प्लेअफमा पुग्ने दुई टिमको टुंगो भने अन्तिम खेलपछि मात्र लाग्ने देखिएको छ ।

टोरोन्टो प्लेअफमा पुग्न अन्तिम खेल जित्नै पर्ने अवस्थामा रहेको छ । मोन्टरियलविरुद्धको अन्तिम खेल जितेमा टोरन्टो तेस्रो हुदै प्लेअफमा पुग्ने छ । तर पराजित भएमा भने टोरोन्टो बाहिरिने छ ।

टोरन्टोले जितेको खण्डमा टोरोन्टोसँगै सोमपाल कामीको टिम विन्निपेग हव्क्स पनि चौथो हुदै प्लेअफमा पुग्ने छ । विन्नीपेग मोन्टरियलले टोरोन्टोलाई पराजित गरेमा पनि प्लेअफमा पुग्ने छ । तर अन्तिम खेल पनि बर्षाले रद्ध भएमा भने विन्नीपेग बाहिरिने छ भने मोन्टरियल र टोरोन्टो प्लेअफमा पुग्ने छन् ।

त्यस्तै एडमन्टन रोयल्स भने ६ खेलमा ४ अंक हासिल गर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

अंक तालिका :

Global T20 Canada

TEAMMWLPTNRR
BW64191.951
VK63180.769
WH6235-0.722
MT5225-1.616
TN5234-0.035
ER6143-0.548