नेपालको ‘होम गेम’ कुवेतमा नहुने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

काठमाडौं । विश्वकप छनोट अन्तर्गत नेपालको ‘होम गेम’ कुवेतमा नहुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले नेपालको ‘होम एण्ड अवे’ दुवै खेल कुवेतमै नगर्न आग्रह गर्दै अखिल नेपाल फुटबल संघ एन्फामा पत्र पठाएको छ ।

एन्फा प्रवक्ता किरण राईले फिफाले नेपालको दुवै खेल कुवेतमा नगर्न आग्रह गर्दै पत्र पठाएको स्विकार गरे ।

‘फिफाले नेपालको दुवै खेल कुवेतमा नराख्न अनुरोध गरेको छ । सोही अनुसार छलफल अघि बढेको छ ।’ उनले खेलपाटीलाई भने ।

नेपालको एकमात्र अन्तराष्ट्रिय स्तरको भनिएको दशरथ रंगशालामा समयमै पुनर्निमाण हुन नसक्ने भएपछि नेपालले विश्वकप छनोट अन्तर्गतको होम खेल समेत कुवेतमै खेल्ने तयारी गरेको थियो ।

सोही अनुसार कुवेतले नेपालसंग दुवै खेल आफ्नै भुमीमा खेलाउने तयारी गरेको थियो ।

तर फिफाको पत्रसंगै अब ‘न्युट्रल’ मैदानमा दुवै देशले खेल्ने भएका छन् ।

प्रवक्ता राईले दुवै देशले खेल्ने ‘न्युट्रल भेन्यु’को खोजी भईरहेको भन्दै बुधबारसम्म यसको टुङ्गो लाग्ने बताए ।

नेपालले पहिलो होम गेम सेप्टेम्बर ५ मा कुवेतमा खेल्ने तयारी गरेको थियो । कुवेतविरुद्वको अवे खेल भने नोभेम्बर १९ मा रहेको छ ।