पेट्रोल र डिजेलको मूल्य बढाउँदा खाना पकाउने एलपीजी ग्यासको घट्यो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाउँदा खाना पकाउने एलपीजी ग्यासको मुल्य भने घटाएको छ । मंगलबार रातिबाट लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक र डिजेल/मट्टितेलमा ५० पैसा मूल्य बढेको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल एक सय नौ रूपैयाँ रुपैयाँ प्रतिलिटर र डिजेल/मट्टितेल ९७ रूपैयाँ प्रतिलिटर कायम गरिएको छ ।

एलपीजी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ घटाएसँगै उपभोक्ताले एक सिलिण्डर ग्यासका लागि  एक हजार तीन सय ७५ रुपैयाँ तिर्नुपर्नेछ । हवाई इन्धनका खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।