सुष्मालाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका प्रम मोदी भक्कानिएर न रून सके न बाेल्न सके

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली दिन उनको निवासमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न भक्कानिएर रुन सके न कुनै शब्द स्वराजको परिवारजनलाई भन्न सके।

हृदयघातका कारण मंगलबार राती अस्पतालमा ६७ वर्षकाे उमेरमा स्वराजको निधन भएपछि बुधबार बिहान प्रधानमन्त्री मोदी नयाँदिल्लीस्थित निवासमा पुगेका थिए।

स्वराजको पार्थिव शरिरमा श्रद्धाञ्जली दिएपछि प्रधानमन्त्री मोदीले उनकी छोरी र श्रीमानसँग भेट्दा गहभरी आँसु बनाएर पनि त्यो आँसुको ढिल खस्नबाट रोक्न त सके। तर, सुष्माकी छोरी र श्रीमान सामु मुट गाँठो पारेर भक्कानिने अवस्थामा पुग्दा त्यसलाई रोक्दै अति भावुक देखिएको दृष्य भारतीय सञ्चारमाध्यमहरुले देखाएका छन्।

सुष्माप्रति अन्तिम श्रद्धाञ्जली दिन भारतीय राष्ट्रपति रामनाथ कोविन्द, भारतीय जनता पार्टीका कार्यबहाक अध्यक्ष लगायतका पार्टी नेता र अन्य शुभचिन्तकहरु उनको निवासमा पुगेर श्रद्धाञ्जली दिएका छन्।

उनको पार्थिव शरिरको अन्त्यष्टि गर्नु अघि अपरान्ह सुष्माको पार्थिक शरिर पार्टी मुख्यालयमा राखिने भएको छ।

राजनीतिमा पार्टीभित्र आफूभन्दा सिनियर पनि अघिल्लो चुनावमा भारतीय जनता पार्टीले बहुमत प्राप्त गरी सरकारको नेतृत्वमा मोदी पुगेपछि स्वराजले विदेशमन्त्रीको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरेकी थिइन्।

मृगौलाको समस्या देखिएपछि त्यसको प्रत्यारोपण गरेर पनि राजनीतिमा सक्रिय रहेकी सुष्माा तीन महिनाअघि सम्पन्न लोकसभा निर्वाचनमा भने स्वास्थ्यकै कारण चुनाव नलड्ने घोषणा गरी बाहिर बसेकी थिइन्।

यसैैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुष्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आफूले सुष्माले कसरी आफूलाई भाइ भनि बोलाएर आफ्ना मनका कुरा सप्रेम साट्ने गरेको कुरा सधैँ स्मरण गर्ने बताएका छन्।

त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि ट्वीटमार्फत सुष्मा जस्तो असल मित्रको असामयिक निधनको खबरले स्तब्ध बनाएको बताउँदै गहिरो समवेदना व्यक्त गरेका छन्।