नेपाल र चीनबीच साँस्कृतिक र सामाजिक सम्बन्धसँगै आपसी सहयाेगमा जाेड

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौं,

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेपाल र चीनबीच साँस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल–चीन विकास सम्भावना र चुनौति बिषयक कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीच पारस्परिक सम्बन्ध रहेकाले एक आपसमा सहयोगी भूमिका हुनु पर्नेमा जोड दिए ।

नेपालको बिकासमा चीनले गरेको सहयोग प्रशंसनीय रहेको भन्दै उनले नेपालमा लगानी गर्न आग्रह समेत गरे । दुई देशबीच पर्यटकीय सम्भावना उल्लेख्य रहेको भन्दै मन्त्री ज्ञवालीले पर्यटनको क्षेत्रमा सहयोग गर्न आग्रह गरे । नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा चीनले सहयोगि भूमिका खेलेको भन्दै उनले नेपालमा निनियाँ लगानी भित्र्याउनको लागि सरकारले पहल गरी रहेको पनि बताए।

कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नेपालको दीगो विकासको लागि चीनको सहयोग आवश्यक रहेकोमा जोड दिए ।