संसदमा ‘गज्जब भयो’, उर्जामन्त्री पुनले बोल्दै गर्दा दुइपटक बत्ती गयो!

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

सरकारले देश लोडसेडिङको समस्याबाट मुक्त भइसकेको दाबी गर्दै आएको बेला बिहीबार प्रतिनिधि सभाको बैठकमा अचानक बत्ती गयो।

त्यो पनि सदनमा विभिन्न समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन बिहीबार सभामुख कृष्णबहादुर महरासँग विशेष समय लिएर उर्जामन्त्री वर्षमान पुनले नै बोल्ने क्रममा।

उर्जा मन्त्रालयले देशका विभिन्न भागमा भए गरेका कामकारबाहीको बारेमा जानकारी दिन रोष्ट्रममा पुगेर बोल्दै गर्दा सदनभित्र अन्धकार भयो। त्यो पनि १० मिनेटको समयमा दुई पटक बत्ती गएपछि उर्जामन्त्री पुन आफैँले असहजता महसुस गरे।

दुई पटकसम्म आउने र जाने गरेपछि पुनले असहजताका साथ भने, ‘कमसेकम समयमै आयो।’

त्यसपछि मन्त्रीसँग पुरकप्रश्न गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले उर्जामन्त्रीले बोल्दै गर्दा पनि दुई पटक सदनभित्र लाइन गएकोमा उनले सरकारको ध्यानाकर्षण गराए।

त्यसपछि सत्तारुढ नेकपाकै सांसद कृष्णगोपाल श्रेष्ठ समेतले जलस्रोत मन्त्रीले १० मिनेट बोल्दा त्यहिबीचमा दुई पटक बत्ती गयो र गज्जब भयो भनि व्यंग्य गरे।

विजुली मन्त्रीले बोल्दा बोल्दै सदनमा विजुली गएको प्रसंगमा उनले सदनभित्र एसी विग्रीएकोले त्यसको मर्मत गर्ने क्रममा विजुली गएको जानकारी मन्त्री पुनले दिए।

सांसदहरुले उठाएका प्रश्नको स्पष्टिकरण दिने क्रममा उनले तराइका भूभाग बाढी र डुबानको समस्याको कारकका रुपमा जलवायु परिवर्तनसँगै स्वयं मानवनिर्मित भौतिक संरचना निर्माणको कारण समस्या आएको जवाफ दिए।

उनले सरकारले विगत १०८ वर्षमा उत्पादन भएको विजुलीको दोब्बर मात्रामा आगामी एक वर्षभित्र र तीन वर्षभित्र ३ हजार मेघावाट, पाँच वर्षमा पाँच हजार र दश वर्षमा १५ हजार मेघावाट विजुली उत्पादन गर्ने लक्ष्यसहित अहिले १८ हजार मेघावाट विजुली उत्पादनका लागि लाइसेन्स वितरण भइसकेको जानकारी दिए।