अमलाद्वारा सन्यासकाे घोषणा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

दक्षिण अफ्रिकाका क्रिकेटर हासिम अमला अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । दक्षिण अफ्रिकाका स्टार ब्याट्सम्यान अमलाले बिहिबार सबै खाले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् ।

अन्तराष्ट्रिय क्रिकेटमा १५ वर्षे बिताएका अमला घरेलु लिग र क्लब क्रिकेटमा भने उपलब्ध हुने छन् ।

अमलाले दक्षिण अफ्रिकाका लागि सबै खाले क्रिकेटमा ३४९ खेल खेलेका छन् । जसमा १८ हजार रन जोड्दा ५५ शतक बनाएका छन्  ।

३६ वर्षे अमलाले दक्षिण अफ्रिकाका लागि १२४ टेष्ट, १८१ एकदिवसीय र ४४ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।

टेष्ट क्रिकेटमा ९ हजार २८२ रन बनाएका अमला दक्षिण अफ्रिकाका लागि टेष्टमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् ।