केरलामा बाढी बीसको मृत्यु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
नयाँदिल्ली

दक्षिण भारतीय राज्य केरलामा गत २४ घण्टाभित्र आएको बाढीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

यस बाढीको कारण २२ हाजार भन्दा बढी व्यक्ति विस्थापित भएका भारतीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार केरलाको प्रायः भागमा आएको भारी वर्षापछि बाढीको प्रकोप निम्त्याएको हो ।

बाढीको प्रकोपबाट घरबारबिहीन भएका व्यक्तिहरुको लागि देशभरी ३ सय १५ ओटा उद्धार शिवीरहरु खोलिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

सो शिवीरहरुमा ५ हजार ९३६ परिवारका २२ हजार १६५ व्यक्ति व्ल्यक्ति शरण लिई बसेका जनाइएको छ । (रासस÷सिन्ह्वा)