महिला साफ च्याम्पियनसीप: नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ,

भुटानमा आयोजना हुने महिला साफ यु–१५ (पन्ध्र वर्षमुनि) को फुटबल च्याम्पियनसीपमा पहिलो खेल नेपालले भारतको सामना गर्ने भएको छ ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले आज सार्वजनिक गरेको खेल तालिकामा नेपालले पहिलो प्रतिद्वन्दी भारत पाएको हो । प्रतियोगिता आगामी असोज २२ देखि २८ गतेसम्म हुनेछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा हुने उक्त प्रतियोगितामा नेपालले आगामी असोज २२ गते भारतको सामना गर्नेछ ।
त्यस्तै नेपालले असोज २४ गते बङ्गलादेशसँग खेल्नेछ भने असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ । लिग चरणको खेल समाप्तिपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । भुटानमा नै भएको गत संस्करण खेलमा नेपाल चौथो भएको थियो ।रासस