इतिहास उल्ट्याउन गरिने प्रयास निरर्थकः अध्यक्ष दाहाल

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
फाइल फाेटाे
काठमाडौं,

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिर्वतन निरन्तर अगाडि बढिरहने र पछाडि फर्किन नसक्ने भन्दै इतिहास उल्ट्याउन गरिने प्रयास निरर्थक हुने बताउनुभएको छ ।

आज राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लामो सङ्घर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने जिकिर गर्नुभयो ।

“राजनीतिक र सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले सल्ट्याउन सकेको छैन, इतिहासको चक्का निरन्तर अगाडि बढ्छ, पछाडि धकेल्न चाहने इतिहासको रछ्यानमा मिल्किने गरेका छन्, नेपाल त्यसको अपवादमा हुनै सक्दैन”, अध्यक्ष दाहालले भन्नुभयो ।

उहाँले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि नै कम्युनिष्ट एकता गरिएको बताउँदै पुराना सोच, संरचना, मूल्य र मान्यतालाई व्यवहारतः विस्थापित गरिँदै जाने उल्लेख गर्नुभयो । नयाँ सोच, मूल्य, मान्यता र संस्कृति अघि बढाउने चुनौती पनि कायम रहेकोसमेत उहाँको भनाइ थियो ।

उहाँले मुलुकको समग्र शिक्षा प्रणालीलाई समाजवाद शिक्षा नीतिअनुसार अघि बढाउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । रासस