नेपोली विरुद्ध बार्सिलोना चार शून्यले विजयी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

प्रि–सिजनको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले इटालियन क्लब एसएस नेपोलीमाथि सानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले नेपोलीमाथि ४–० को फराकिलो जित निकालेको हो।

बार्सिलोनाको फराकिलो जितमा लुइस सुआरेजले २ तथा एन्टोइन ग्रिजमन र औसमाने डेम्वेलेले गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि बार्सिलोनाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरेको थियो।

खेलको ४८औं मिनेटमा सुआरेजको गोलबाट बार्सिलोनाले खेलमा सुरूवाती अग्रता लिएको थियो।

५६ औं मिनेटमा एन्टोइन ग्रिजमनले बार्सिलोनाको अग्रता दोब्बर पारे। यसै सिजन बार्सिलोना पुगेका ग्रिजमनले बार्सिलोनाका लागि पहिलो गोल गर्न सफल भए।

त्यसको दुई मिनेटपछि नै सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित पक्का गरेका थिए । ६३ औं मिनेटमा औसमाने डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई ४–० को फराकिलो जित दिलाए।