शाहजाद अनिश्चितकालका लागि निलम्बनमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

अफगानिस्तान क्रिकेट बोर्डले विकेटकिपर तथा ओपनर ब्याट्सम्यान अहमद शाहजादलाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।

शाहजादले बाहिर जाँदा कुनै स्विकृति नलिएर बोर्डको आचार संहिता पालना नगरेको भन्दै कारबाही स्वरुप निलम्बन गरेको हो ।

पछिल्लो समय शाहजादको बोर्डसँगको सम्बन्ध बिग्रिएको थियो ।  हालै भएको विश्वकपका क्रममा शाहजाद घाइते भएको भन्दै उनको स्थानमा अर्को खेलाडीलाई टोलीमा समावेश गरिएको थियो । जसका कारण उनले बोर्डको आलोचना गरेका थिए । बोर्डले भने उनी घुंडाको समस्याबाट ठिक हुन नसकेकाले उनको स्थानमा अर्को खेलाडी समावेस गरिएको जनाएको थियो ।

पाकिस्तान पेशावर स्थित शरणार्थी शिबिरमा आफ्नो बाल्यकाल बिताएका शाहजाद अहिले पनि पेशावरमा नै बसोबास गर्ने गर्छन । बोर्डले भने उनलाई बारम्बार अफगानिस्तानमा बस्न निर्देसन दिएको थियो ।

तर हालै उनी पेशावरमा अभ्यास गरिएको देखिए पछि बोर्डले यस्तो निर्णय लिएको हो । यो निर्णयले उनको करियर धरापमा परेको छ । यो बिषयमा उनले आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् ।