मायादेवी गाउँपालिकाको गाडीमा अज्ञात समूहको आगजनी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

कपिलवस्तुको मायादेवी गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।

गाउँपालिका अध्यक्ष बजरंगी चौधरीले चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले गएराति आगजनी गरेका हुन्।

शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०.५० बजेतिर आगजनी भएको हो। आगजनी किन र कसले गरेको भन्ने आफूलाई कुनै जानकारी नभएको अध्यक्ष चौधरीले बताए।

आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए।