लेवान्डोस्कीको दुई गोलमा बायर्नको सहज जित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

रोवर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा जर्मन च्याम्पियन बायर्न म्युनिखले जर्मन कपमा सहज जित दर्ता गरेको छ ।

सोमबार राति भएको खेलमा बायर्नले इनर्जी कटबसलाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । बायर्नको जितमा लेवान्डोस्कीले दुई तथा किङ्सले कोमानले १ गोल थपे । कटबसमा बरकान टाजले सान्त्वना गोल फर्काए ।

खेलको ३२औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बायर्नले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ६५औं मिनेटमा कोमानले अग्रता दोब्बर पारे । ८५औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे । ९०औं मिनेटमा बरकानले गोल गरेपनि हार टार्न सकेन ।