महेन्द्रसिंह धोनी विजनेश म्यान!

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी अब विजनेस म्यान बनेका छन् ।

उनले पुराना कार खरिद विक्रि गर्ने कम्पनी कार्स २४ मा लगानी गरेका हुन् । यस विषयमा मंगलबार मात्रै कम्पनीले जानकारी गराएकाे छ।

धोनीले कम्पनीको सेयर लिएर लगानी गरेको बताइए पनि उनको लगानी रकम भने खुलाइएको छैन । लगानी गरेवापत धोनी उक्त कम्पनीको ब्राण्ड एम्बेस्डर बन्ने छन् ।

कार्स २४ को स्थापना २०१५ मा भएको थियो । यसले भारतमा पुराना कार खरिद विक्रीको काम गर्छ । उक्त कम्पनीले २०२१ सम्म भारतका ३ सय मझौला शहरहरुमा सञ्जाल विस्तार गर्ने योजना बनाएको छ ।