वेष्ट इण्डिजविरुद्धको तेस्रो एकदिवसीय खेलमा भारतको जित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

भारतले वेष्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिज जितेको छ । बुधबार राति भएको तेस्रो एक दिवसीयमा वेष्ट इण्डिजलाई ६ विकेटले हराउँदै भारतले सिरिज जितेको हो।  जितसँगै भारतले तीन खेलको सिरीज दुई शून्यले आफ्नो पक्षमा पारेको छ ।

वेष्ट इण्डिजको पोर्ट अफ स्पेनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजको पारीमा वर्षा बाधक बनेको थियो । उसको स्कोर २२ ओभरमा एक सय ५८ रन हुँदा भारी वर्षा भएपछि खेल केहीबेर रोकिएको थियो ।

वेष्ट इण्डिजका लागि क्रिस गेलले विस्फोटक ७२ रन बनाए भने इभीन लुइसले ४३, सेइ होपले २४, सिमरोन हिटमेयरले २५ तथा निकोलस पुरनले ३० रनको योगदान गरे । वर्षापछि सुरु भएको खेल डक वर्थ एण्ड लुइसको नियमका आधारमा ३५ ओभरमा झारीएको थियो । जसम वेष्ट इन्डिजले सात विकेट गुमाएर दुई सय ४० रन बनाएको थियो । बलिङमा भारतका खलिल अहमेदले तीन तथा मोहम्मद सामीले दुई विकेट लिए ।

जवाफमा भारतले ३२ ओभर तीन बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । उसका लागि कप्तान विराट कोहलीले शतकीय पारी खेले । करियरमा ४२ औं शतक बनाउने क्रममा उनले १४ चौका प्रहार गरेका थिए ।

यस्तै, श्रैयस ऐयरले ६५ तथा शिखर धवनले ३६ रन बनाए । केदार ज्यादवले १९ रन थपे । प्रतियोगिताको म्यान अफ द म्याच र म्यान अफ द सिरीज विराट कोहली नै भए ।