मस्काेमा यात्रुबाहक विमान आकस्मिक अवतरण

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
मस्को,

रूसकाे राजधानी मस्कोको एक विमानस्थलमा बिहीबार यात्रुबाहक विमान आकस्मिक अवतरण गरेकाे छ । अवतरणका क्रममा सबै यात्रु सकुशल रहेका छन् ।

समस्या आएपछि आकस्मिक अवतरण गर्नु परेको यस विमानमा रहेका एक पनि यात्रु घाइते नभएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

एक सय भन्दा बढी यात्रु सवार रहेका यस विमानलाइ मस्को क्षेत्रको झुकोभस्काइ विमानस्थलमा आकस्मिक अवतरण गरिएको र सवै यात्रुलाई उद्धार गरिएको जनाइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।  (रासस ÷सिन्ह्वा)