सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गरिने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौँ,

नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी मङ्सिर ३ गते परिपक्व हुनेछ । बैंकले गत साउन २७ गते पनि रु १० करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।रासस